‘राष्ट्रियताको मुद्दामा दलहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन्’ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रियताको मुद्दामा दलहरु एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका छन् ।

बुधबार काठमाडौमा राप्रपाको एकता महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पार्टीहरुबीचमा आगामी दिनमा राष्ट्रियताको मुद्दामा एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताएका हुन् । उनले राप्रपा र आफूहरुको पार्टीगत विचार र मान्यताहरु फरकफरक भएको तर राष्ट्रियताका मुद्धामा एकै ठाँउमा रहेको जिकिर गरे ।

त्यस्तै उहाले नेपालमा जति कम पार्टी भयो त्यति नै राम्रो भएको धारणा राखे । त्यस्तै कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपाली जनताको भावनालाई ठीक ढंगले आत्मसात गरेर परिवर्तनको संवाहक पनि बनेर अगाडि बढ्न राप्रपालाई सुझाव दिए ।

अध्यक्ष नेपालले राजतन्त्र र हिन्दूराज्यको सट्टा जनताले लोकतन्त्र र गणतन्त्र ल्याएकाले पछाडि फर्कन नसकिने स्पष्ट पारे ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्