प्रेस सेन्टरको राष्ट्रिय सम्मेलन चितवनमा

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय सम्मेलन यही मङ्सिर १८ र १९ गते चितवनमा हुने भएको छ ।

राष्ट्रिय सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याइएको छ । सम्मेलनमा ९०० हाराहारी प्रतिनिधि सहभागी हुने छन् ।

सेन्टरका केन्द्रीय कोषाध्यक्ष सुरेशचन्द्र अधिकारीका अनुसार सम्मेलनमा ७७ जिल्ला, उपत्यका, एशोसिएट र प्रतिष्ठानका प्रतिनिधि सहभागी हुने छन् । यसैगरी भारत, अमेरिका, बेलायत, मध्यपूर्वी खाडी शाखाबाट समेत प्रतिनिधि सहभागी हुने उनले जानकारी दिए । राष्ट्रिय सम्मेलनको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने कार्यक्रम छ । सम्मेलनले विधान संशोधनसँगै तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

हाल सेन्टरको केन्द्रीय समितिमा २६० सदस्य छन् । अधिकारीका अनुसार विधान संशोधन गरेर यो सङ्ख्या घटाउने तयारी गरिएको छ । सम्मेलनमा सहभागी शुक्रबार आउने छन् । सहभागीलाई भरतपुर र गैँडाकोटका होटलमा राखिने छ । केन्द्रीय समितिका पदाधिकारी एवं सदस्य आजबाटै आउन सुरु गर्ने सेन्टरले जनाएको छ । सेन्टरको तेस्रो सम्मेलन काठमाडौँमा भएको थियो ।

पार्टीका अध्यक्ष दाहालको गृह जिल्ला भएकाले सम्मेलन चितवनमा गर्न लागिएको हो । हालै मात्र चितवनमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन र नेकपा मालेको केन्द्रीय महाधिवेशन सम्पन्न भएको छ । राष्ट्रियस्तरका महाधिवेशन र सम्मेलन यहाँ भएसँगै आर्थिक क्षेत्र चलायमान हुने व्यवसायीले जनाएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्