२ लाख रुपैयाँ धरौटीमा छुटे साढे ३३ किलोसुन प्रकरणका सहयोगी काले

Ad
  • कालोपाटी सम्बाददाता

विराटनगर । जिल्ला अदालत मोरङले साढे ३३ क्वीन्टल सुन तस्करी प्रकरणका अभियुक्त काले भनिने कृष्णगोपाल अग्रवाललाई धरौटीमा छाड्ने आदेश दिएको हो ।

आइतबार पक्राउ परेका अग्रवाललाई प्रहरीले मंगलबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । न्यायाधीश भरत लम्सालको इजलासले थुनछेक बहसपछि उनलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका श्रेस्तेदार टिकेन्द्रवीरजंग राणाले बताए

तस्करी गरेर ल्याएको साढे ३३ किलो हराएपछि यो गिरोहका नाइके चुणामणि उप्रेती ‘गोरे’को समूहले यातना दिने क्रममा भरिया सनम शाक्य मारिएका थिए ।

न्यायाधीश लम्सालकै इजलासले सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणसम्बन्धी मुद्दाको फैसला गत असोज १९ गते गरेको थियो । जसमा पक्राउ परेका ५७ जनाले सुन तस्करी मुद्दामा सफाइ पाए । शाक्य अपहरण र हत्या मुद्दामा ८ जनालाई दोषी ठहर भए ।

 

काले भनिने कृष्णगोपाल गोरेले आयात गर्ने सुनको लगानीकर्ता मध्येका एक हुन् । अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोलको सहयोगमा यूएईबाट नेपाल ल्याइएका उनलाई आइतबार प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

२०७४ साल माघ ९ गते आयात भएको साढे ३३ किलो सुन काठमाडौंबाट गायब भएपछि गोरेको समूहले २०७४ साल फागुन १८ गते मोरङको उर्लाबारी नगरपालिका–१ मा सनमको हत्या गरेको थियो । घटनाको भोलिपल्ट २०७४ फागुन १९ गते उनको मोरङमा शव भेटिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्