कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा विश्वकर्माको उम्मेदवारी घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसको सहमहामन्त्रीमा मीन विश्वकर्माले उम्मेदवारी घोषणा गरेका छन् । नेता विश्वकर्माले आज पत्रकार सम्मेलन गरी समावेशी दलिततर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका हो ।

नेता विश्वकर्माले कांग्रेसले स्थापनाकालदेखि नै समावेशितालाई जोड दिएको उल्लेख गर्दै दलित समुदायको हकहित र अधिकारका लागि पार्टीमा आफूले सहमहामन्त्री पदमा उम्मेदवारी दिन लागेको जानकारी दिए । “सबै उम्मेदवारको टुङ्गो लाग्न अझै समय लाग्न सक्छ, मैले अहिले आफ्नो उम्मेदवारी घोषणा गरेको हुँ”, उनले भने ।

विश्वकर्मा कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा निर्वाचित केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीसमेत हुनुहुन्छ । कांग्रेसको १४औँ महाधिवेशन शुक्रबारदेखि काठमाडौँमा सुरु हुँदैछ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्