२०२१ ब्याडमिन्टन च्याम्पियनसिप खेल्ने ८ टोलीको घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठकाडौँ । पुस पहिलो साता काठमाडौंमा आयोजना हुने कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप २०२१ कर्पोरेट ब्याडमिन्टन (आमन्त्रण) च्याम्पियनसिप खेल्ने ८ टोलीको घोषणा भएको छ । आयोजक काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) ले बिहीबार एक कार्यक्रमका बीच च्याम्पियनसिप खेल्ने ८ टोलीको घोषणा गरेको हो ।

च्याम्पियनसिप ६ देखि ९ पुससम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हुनेछ । सार्वजनिक भएको टोलीमा कुमारी बैंक, नेपाल राष्ट्र बैंक, नेपाल टेलिकम, कान्तिपुर पब्लिकेसन, नेपाल आयल निगम, आइएमई ग्रुप, सिल्क ग्रुप र नेपाल विद्युत प्राधिकरण रहेका छन् । यस्तै टोलीले बिहीबारै गोलाप्रथाको आधारमा यसअघि सार्वजनिक गरिएको नेपालको शीर्ष वरीयताका समान ८ पुरुष र महिला खेलाडीलाई आफ्नो टोलीमा आबद्ध गरेको छ ।

नेपाल राष्ट्र बैैंकमा पुरुषतर्फको दोस्रो वरीयताका दिपेश धामी र महिलातर्फको दोस्रो वरीयताकी अमिता गिरी आबद्ध भएकी छिन् । आइएमई ग्रुपमा आठौं वरीयताका नविन श्रेष्ठ र शीर्ष वरीयता नङ्सलदेवी तामाङ, नेपाल टेलिकममा शीर्ष वरीयताका रत्नजित तामाङ र नवौं वरीयताकी सीमा राजवंशी र सिल्क ग्रुपमा तेस्रो वरीयताका विकास श्रेष्ठ र तेस्रो वरीयताकी अनुमाया राई आबद्ध भएका छन् । यस्तै नेपाल आयल निगममा चौथो वरीयताका विष्णु कटुवाल र चौथो वरीयताकी रशिला महर्जन, नेपाल विद्युत प्राधिकरणमा छैटौं वरीयताका दिपक बोहोरा र छैटौ वरीयताकी शोभा गौचन, कान्तिपुर पब्लिकेशनमा चौथो वरीयताका साजन कृष्ण ताम्राकार र १०औं वरीयताका सम्झना शर्मा र कुमारी बैंकमा छैटौ वरीयताका सुदिप सेढाई र सातौ वरीयताकी सुनैया मुखिया आबद्ध भएका छन् ।

पाँचौ वरीयताका जेसिका गुरुङ र आठौं वरीयताकी सीता माया राई चोटका कारण टोली बाहिर रहने भएपछि नवौं वरीयताका सीमा र १०औं वरीयताकी सम्झनाले च्याम्पियनसिप खेल्ने अवसर पाएका हुन् । यसअघि आयोजक केबिएले नेपाल ब्याडमिन्टन संघ (एनबीए) को वरीयताको आधारमा देशकै उत्कृष्ट ८–८ महिला र पुरुष खेलाडी सार्वजनिक गरेको थियो ।

च्याम्पियनसिपमा पुरुष एकल, महिला एकल, कर्पोरेट डबल्स, पुरुष डबल्स र महिला डबल्स गरी पाँच विधा समावेश गरिएको छ । च्याम्पियनसिपमा विजेता टिमका वरीयता प्राप्त खेलाडीले ७५ हजार, उपविजेताले ६० हजार, तेस्रोले ५५ हजार र चौथोले ४७ हजार ५०० सय पाउनेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्