‘मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य छन’ : अध्यक्ष ओली

Ad
  • कालोपाटी सम्बाददाता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा एमाले र कांग्रेस बाहेकका दलको कुनै औचित्य नै नभएको बताएका छन् ।

शुक्रबार काठमाडौंंमा नेकपा एमाले वागमती प्रदेश कमिटीले दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई बधाइ दिन आयोजित कार्यक्रममा अध्यक्ष ओलीले नेपालमा राजनीतिक पार्टी भनेको नै एमाले र कांग्रेस मात्र रहेको बताएका हुन् ।उनले अरु पार्टीहरुको कुनै औचित्य नभएको भन्दै केही पार्टी कांग्रेसको स्याटेलाइटका रुपमा रहेको तर्क गरे । उहाले कांग्रेसलाई पनि सहीबाटोमा हिड्नका लागि सल्लाह र सुझाव दिने धारणा पनि राखे ।

नेपालमा नियन्त्रीत अराजकता फैलाउने भारतीय षडयन्त्र बिरुद्ध एमाले लागेका कै कारण घेराबन्दीमा पारिएको उनले बताए । उनले केन्द्रीय कमिटी बैठकले आगामी कार्यदिशा तय गर्ने र अव एमालेभित्र रहेकालाई आराम गर्ने समय नरहेको जिकिर गरे ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्