प्रस्तावित संरक्षण क्षेत्रमै कस्तुरी मारिए

Ad
  • कालोपाटी सम्बाददाता

जाजरकोट । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण गर्न प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चार कस्तुरी मारिएको तथ्य सार्वजनिक भएको छ । असोज महिना लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु चार कस्तुरी मारिएको प्रमाण फेला परेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए ।

जुम्लाका व्यापारीले बारेकोटका स्थानीयवासीसँग मिलेर कस्तुरीलाई पासो हालेर मारेको तथ्य सार्वजानिक भएको सिंहले जानकारी दिए  । सरकारी संयन्त्र गतिलो नहुँदा वन्यजन्तु संरक्षणका लागि बारेकोटमा काम हुन नसकेको हो । अधिकृत सिंहले भने , “एक महिनामा एक जनाले चारवटा मारेको खबर थियो, म जङ्गल जाँदा यो त नमूनासमेत फेला परे, डोल्पा र जुम्लाबाट कुकुर, पासो र बन्दुकसहित आएका सिकारीले एक सिजनमा सात÷आठवटा कस्तुरी मार्छन्, मुल्साम जिरिमा पनि मार्छन् भन्ने कुरा छ, दाँतप्रति एक रु हजारका दरले बिक्री गरेको खबर आएको छ । ”

तीन वर्षमा प्रहरीले बरामद गरेका १९ लोपोन्मुख रेडपाण्डा रातो हाब्रे को छालामध्ये १० जाजरकोटबाटै गएको गाउँपालिकाको तथ्याङ्क छ । घटनामा आठजना जाजरकोटका युवा पक्राउ परेका छन् । गत आइतबार मात्रै बारेकोटको मुलसामका ३५ वर्षीय लोकबहादुर रोकायलाई प्रहरीले रेडपाण्डाको छालासहित सेपुखोलाबाट पक्राउ गरेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्