मतदानको दिन महिला केन्द्रीय सदस्यले फिर्ता लिए उम्मेदवारी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महिला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएकी सीता देवी देवकोटा पाण्डेले उम्मेदवारी फिर्ता लिएकी छन् । निर्वाचन समितिलाई पत्र लेख्दै देवकोटाले ढिला गरी उम्मेदवारी फिर्ता लिएकोमा क्षमा मागेकी छन् ।

उम्मेदवारी फिर्ता लिने समय आइतबार मध्याह्नसम्मको समय थियो । तर उनले मतदान हुने दिन बिहान मात्रै उम्मेदवारी फिर्ता लिएकी छन् । देवकोटाले नवलपुर क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएकी थिइन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्