‘मलाई दुवै गुटले मन पराएका छन्’ : नेता कोइराला

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता शशांक कोइरालाले आफूले कुनै गुटको प्रतिनिधित्व नगर्ने बताएका छन् । ‘म कुनै गुटलाई प्रतिनिधित्व गर्दिनँ,’ उनले भने, ‘म त चाहन्छु कांग्रेस एक होस् । त्यसेले दुवै गुटले मलाई मन पराएको छ जस्तो लाग्छ ।’

उनी रामचन्द्र पौडेल समूहमा रहेका सभापतिका आकांक्षी थिए, तर साझा उम्मेदवारका लागि दाबी छाडे । प्रकाशमान सिंहले छुट्टै उम्मेदवार दिएका छन् भने शेखर कोइरालाको नेतृत्वमा प्यानल बनेको छ । यो प्यानलले शशांकलाई केन्द्रीय सदस्यको सूचीमा राखेको छ । तर सोमबार मतदान स्थलमा भेटिएका निवर्तमान महामन्त्री डा कोइरालाले आफूले कुनै पनि गुटको प्रतिनिधित्व नगर्ने बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्