‘पार्टीभित्रको शक्ति सन्तुलन, राजनीतिक दलको विश्वास पाउन देउवा सभापतिमा निर्वाचित हुनुपर्ने’ : नेता खाँण

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार कांग्रेसको १४ औं महाधिवेशनमा मतदान गरेपछि सञ्चार मध्यमलाई प्रतिक्रिया दिँदै उनले अहिले पार्टीभित्रको शक्ति सन्तुलन, अन्य राजनीतिक दलको विश्वास पाउन पनि शेरबहादुर देउवा नै सभापतिमा निर्वाचित हुनुपर्ने बताए ।

‘पार्टी सभापति र प्रधानमन्त्री फरक व्यक्ति भएमा दुईवटा शक्ति केन्द्र स्थापना हुन्छ, त्यो द्वन्द्वले सरकारलाई पनि पार्टीलाई पनि असर पर्छ’ उनले भने, ‘अहिलेको अवस्थामा शेरबहादुर देउवालाई नै सभापतिमा निर्वाचित गर्न सक्यौं भने पार्टीभित्रको शक्ति सन्तुलन पनि मिल्छ, पार्टी एकता पनि हुन्छ, अन्य राजनीतिक दलको भरोसा र विश्वासमा यही सरकारले आउने निर्वाचनहरु पनि सम्पन्न गर्छ ।’

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्