भूपेन्द्र हत्याका आरोपीलाई धरौटीमा रिहा गरेको भन्दै अदालतबाहिर प्रदर्शन

Ad
  • कालोपाटी सम्बाददाता

धनगढी । कैलालीको लम्किचुहा नगरपालिका ३ का भूपेन्द्र बडुवालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूलाई धरौटीमा रिहा गरेको भन्दै जिल्ला अदालतबाहिर प्रदर्शन गरेका छन् ।

पीडित पक्षले सोमबार धनगढीमा प्रर्दशनसहित जिल्ला अदालत अगाडि धर्ना दिएका छन् । गत कात्तिक २३ गते टीकापुरमा धारिलो हतियार प्रहारबाट लम्कीचुहाका भूपेन्द्रको हत्या भएको थियो । हत्या आरोपमा प्रहरीले १२ जनालाई पक्राउ गरेको थियो भने अन्य ९ जना अझै फरार छन् । उक्त मुद्दामा थुनछेक बहसपछि कैलाली जिल्ला अदालतले ९ जनालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको थियो भने तीन जना धरौटीमा छुटेका थिए ।

मान्छे मार्न पाइदैन, न्यायलय बिक्न बन्द गर, फरार अभियुक्तलाई इन्काउन्टर दे लगायतका नारा लगाएका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्