पुरानागाउँवासीलाई न्यानो कपडा वितरण

Ad
  • कालोपाटी सम्बाददाता

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० पुरानागाउँका स्थानीय समाजसेवी रामकृष्ण श्रेष्ठका पहलमा गाउँका स्थानीय बासिन्दालाई न्यानो कपडा वितरण गरिएको छ । नमोबुद्ध–१० को समन्वयमा उनले आफ्नो जन्मथलो पुराना गाउँमा कम्बल र न्यानो टोपी वितरण गरेका हुन् ।

२३५ जनालाई वडाध्यक्ष रामकृष्ण अधिकारी र समाजसेवी श्रेष्ठले संयुक्त रुपमा ती सामग्री वितरण गरेका हुन् । समाजसेवी श्रेष्ठले यसअघि वडा नं १० को कार्यालय भवन निर्माणका लागि पनि निःशुल्करूपमा १० आना एक पैसा एक दाम जग्गा उपलब्ध गराएका छन् ।

सो अवसरमा वडाध्यक्ष अधिकारीले श्रेष्ठको सहयोगले वडावासीका लागि ठूलो राहत मिलेको बताए । विगतमा पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, महिलालगायत लक्षित वर्गका लागि वडाले अत्यावश्यक सामग्री वितरण गरेको थियो । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्