साढे ३ बजेदेखि ७ बजेसम्म सभापति पदको दोस्रो चरणको चुनाव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि दोस्रो चरणको निर्वाचन आज साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको छ ।

दोस्रो चरणको चुनावमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ । पहिलो चरणको चुनावमा देउवाले २२५८ र कोइरालाले १७०२ मत पाएको निर्वाचन समितिले जनाएको छ । तेस्रो स्थानमा रहेका प्रकाशमान सिंह, चौथो स्थानमा विमलेन्द्र निधि र पाँचौ स्थानमा रहेका कल्याण गुरुङ सभापति पदको दोस्रो चरणको निर्वाचनबाट बाहिरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्