जनसांस्कृतिक महासङ्घको सातौंँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको सातौंँ राष्ट्रिय सम्मेलन बिहीबारदेखि यहाँ हुँदै छ । विसं २०३८ मा स्थापित सङ्गठनको सम्मेलन पुस १ र २ गते हुने छ । श्रमजीवी एवं शोषित, उत्पीडित जनताले निर्माण गरेका असल संस्कृतिको संरक्षण, विकृत संस्कृतिको उन्मूलन र अग्रगामी संस्कृतिको सिर्जना र विकास गर्ने लक्ष्य राखेर सम्मेलन गर्न लागिएको आयोजक समितिका संयोजक सरल सहयात्रीले बताए ।

सहयात्रीले नेपालका प्रगतिवादी-प्रगतिशील सांस्कृतिक आन्दोलन, दशवर्षे जनयुद्ध र विभिन्न जनआन्दोलनमार्फत निर्देशित परिवर्तनको मार्गलाई आत्मसात् गरेर सङ्गठन अघि बढिरहेको जानकारी उनले दिए ।महासङ्घले प्रेस विज्ञप्ति जारी गर्दै राजनीतिक दलभित्र र बाहिर देखापरेका विचलन, विकृति र विसङ्गति, गलत चिन्तन र प्रवृत्तिलाई परास्त गर्न कला, साहित्य र संस्कृतिका क्षेत्रबाट वैज्ञानिक एवं गतिशील सङ्गठनात्मक संरचना निर्माण गरी अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समाजवादी यथार्थवादी सांस्कृतिक मूल्य स्थापित गर्न महासङ्घले पहलकदमी लिने बताए ।

उनका अनुसार परम्परागत जनसंस्कृति, मूर्त तथा अमूर्त सम्पदा, प्रदर्शनकारी कला, फोटोग्राफी, भिडियो ग्राफी, फेसन डिजाइन, सङ्गीत, नाटक, चलचित्र, हस्तकला, लोककला, वाद्ययन्त्र आदिको अध्ययन, अनुसन्धान, संरक्षण र सम्बर्धन र प्रबद्र्धनका लागि आवश्यक अध्ययन, अनुसन्धान, संरक्षण, सम्बद्र्धन र विकास गर्ने तथा सोका लागि केन्द्रीय, प्रदेश र स्थानीयस्तरको प्रतिस्पर्धात्मक वातावरण सिर्जना गरिने छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्