प्रदेश २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि

Ad
  • कालोपाटी सम्बाददाता

धनुषा । प्रदेश नं २ को प्रदेशसभाको आठौँ अधिवेशन आजदेखि सुरु हुँदैछ । प्रदेश प्रमुख हरिशङ्कर मिश्रले बुधबार बिहान ११ बजेका लागि बैठक आह्वान गरेका छन् ।

उनले संविधानको धारा १८३ को उपधारा १ बमोजिम प्रदेशसभाको अधिवेशन बोलाएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा उपस्थित हुन सबै प्रदेशसभा सदस्यलाई जानकारी गराइसकिएको र बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

उनका अनुसार बुधबार बस्ने बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौँ अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने, प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश हुने र केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्