सचिव सिलवाललाई पदमा फर्कन सर्वोच्च अदालतले अन्तरिम आदेश

Ad
  • कालोपाटी सम्बाददाता

सचिव सिलवाललाई पदमा फर्कन सर्वोच्च अदालतले अन्तरिम आदेश

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्का तत्कालीन सदस्य सचिव रमेशकुमार सिलवाललाई पदमा फर्कन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले राखेपका तत्कालीन सदस्य सचिव सिलवाललाई बर्खास्ती गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । आफूलाई पदमा फर्कन सर्वोच्चले अन्तरिम आदेश दिएको सिलवालले बताए । उनले नयाँ नियुक्त भएका सदस्य सचिवलाई काम गर्न नदिनु भन्ने आदेश पनि रहेको जानकारी दिए । सिलवालले ९ औं राष्ट्रिय खेलकुद, साग गेम, एसियन गेमको तयारी नै पहिलो प्राथमिकतामा राख्ने बताए । त्यस्तै खेल क्षेत्रको पूर्वाधार निर्माण देखि कर्मचारीको हकहितका साथै खेललाइ व्यवसायीक रुपमा अघि बढाउने काम आफुले गर्ने उनले बताए ।

सिलवाललाई कात्तिक १ गतेको मन्त्रिपरिषद् बैठकले बर्खास्ती गर्ने निर्णय गरेको थियो भने उनले त्यसबिरुद्ध कात्तिक २८ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्