आइटीसम्बन्धी शैक्षिक मेला, तीस कलेजको सहभागिता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ आजदेखि व्यवस्थापन तथा आइटीसम्बन्धी शैक्षिक मेला सुरु भएको छ ।

युनिभर्सल थट कन्सल्टको आयोजनामा आज र भोलि मेला सञ्चालन हुनेछ । मेलामा तीस कलेज सहभागी भएका छन् भने सहभागी कलेजले ५१ वटा कक्ष राखेका छन् । उक्त मेला पल्स टु सकेर बसेका विद्यार्थीका लागि लक्षित गरेर आयोजना गरिएको आयोजक संस्थाका निर्देशक प्रकाश ढकालले जानकारी दिए ।

कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरिएको उक्त मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिईलगायतका शैक्षिक विषयमा मनोविमर्शसमेत दिइने छ ।

यस वर्षको शैक्षिक मेलामा पोखरा विश्वविद्यालयको नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ, पूर्वाञ्चल विश्वविद्यालयका तीन, काठमाडौँ विश्वविद्यालयका दुई, मध्यपश्चिममञ्चल विश्वविद्यालयका पाँचसहित अन्य केही सहभागी रहेका निर्देशक ढकालले जानकारी दिए ।

नेपालमै व्यवस्थापन तथा आइटीतर्फ उच्च शिक्षामा गुणस्तरीय शिक्षा तथा कम खर्चमा अन्तर्राष्ट्रिय डिग्री हासिल गर्न सकिन्छ भन्ने कुरा यस संस्थाले विगतका शैक्षिक मेलाले प्रमाणित गरिसकेको बताइएको छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्