कांग्रेस महामन्त्रीमा थापा र शर्माको अग्रता कायमै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका उम्मेदवार गगनकुमार थापा र विश्वप्रकाश शर्माको अग्रता कायमै छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी मतगणनामा हालसम्म तीन हजार १२० मत गणना भएको छ । केन्द्रीय निर्वाचन समितिका अनुसार सबैभन्दा बढी थापाले दुई हजार ३७ मत ल्याएर अग्र स्थानमाछन् भने अर्का प्रत्यासी शर्माले एक हजार २५५ मत प्राप्त गरेका छन् ।

त्यसैगरी महामन्त्रीका अन्य उम्मेदवार क्रमशः डा प्रकाशशरण महतले एक हजार २४, प्रदीप पौडेलले ९३५, डा मीनेन्द्र रिजालले ५४६ र डा राजाराम कार्कीले ७५ मत प्राप्त गरेका छन् ।

महामन्त्री उम्मेदवारको मतगणना बिहान १०ः२० बजेदेखि सुरु भएको हो । कांग्रेस विधानअनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि सोमबार निर्वाचन भएको थियो । उपभापति पदमा पार्टीका युवा नेता थापा, डा महत, पौडेल, डा रिजाल, डा कार्की र शर्मा उम्मेदवार छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्