थाक पुस्तकालयलाई ‘भूपि पुरस्कार’

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । धवलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्षको ‘भूपि पुरस्कार’ मुस्ताङको कोवाङस्थित ‘भूपि स्मृति थाक पुस्तकालय’लाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठान प्रबन्ध समितिको बिहीबार बसेको बैठकले संस्थागततर्फको भूपि पुरस्कार सो पुस्तकालयलाई प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारका लागि आवेदन आह्वान गरिएकामा थाक पुस्तकालय छनोटमा परेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले बताए ।

रु २५ हजार राशिको उक्त पुरस्कार यही पुस १० गते ८७ औँ भूपि जयन्ती समारोहमा समर्पण गरिने बताइएको छ । भूपिको स्मृतिमा स्थापना भई भाषा, साहित्यको उत्थान र सम्वद्र्धनमा टेवा पु¥याएबापत पुस्तकालयलाई सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको हो । विसं २०५७ मा स्थापना भएको सो पुस्तकालयले भूपिको सालिक निर्माणदेखि भूपि जयन्ती समारोह, काव्य गोष्ठीलगायतका साहित्यिक गतिविधि गर्दै आएको छ ।

प्रतिष्ठानले साहित्यिक÷सांस्कृतिक संस्था र स्रष्टालाई आलोपालो गरी बर्सेनि भूपि पुरस्कार प्रदान गर्दै आएको छ । यसअघि विसं २०७६ मा संस्थागततर्फको पुरस्कार थकाली समाज बुटवलले पाएको थियो । सो समाज पनि बुटवलमा भूपिको स्मृतिमा प्रवेशद्वार, सालिक, पुस्तकालय र अक्षयकोष स्थापना गरी भाषा, साहित्यको सेवामा क्रियाशील छ ।

प्रतिष्ठानले स्रष्टातर्फ गत वर्षको भूपि पुरस्कार स्याङ्जामा जन्मनुभएका लेखक एवं समालोचक सुकुम शर्मालाई प्रदान गरेको थियो । ‘सिर्जनाका परिधिमा भूपि शेरचन’ समालोचनात्मक कृतिका लागि उनलाई सो पुरस्कार प्रदान गरिएको थियो । प्रतिष्ठानले जनस्तरबाट सहयोग जुटाएर विसं २०७३ मा पुरस्कार कोष स्थापना गरेको थियो ।

कोषको ब्याजबाट पुरस्कार सञ्चालन हुँदै आएको प्रतिष्ठानले जनाएको छ । पहिलो भूपि पुरस्कार विसं २०७५ मा साहित्यकार एवं त्रिभुवन विश्वविद्यालयका तत्कालिन शिक्षाध्यक्ष प्राडा सुधा त्रिपाठीलाई प्रदान गरिएको थियो । मुस्ताङको टुकुचेमा जन्मनुभएका भूपि शेरचन नेपाली साहित्यका प्रसिद्ध कवि छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्