वाणिज्य महासंघको विधान संशोधन , समितिले उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन समितिले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको छ ।

बिहिबार महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशी संयोजकत्वको समितिको बैंठकले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष पद खारेज गर्न सुझाव दिएको हो । बैठकमा समितिका संयोजक कुशकुमार जोशीले उद्योग वाणिज्य महासंघलाई समावेशी तथा नीजि क्षेत्रको बलियो धरोशर बनाउनको लागि विधान संशोधन गर्नु पर्ने आवश्यक रहेको बताउनु भयो । उनले नयाँ विधानको मस्यौदा प्रदेश कमिटिहरु लगायतको सल्लाह सुझाव अनुसार तयार पारेर महासंघलाई बुझाइसकेको बताए ।

उनले भने ,‘ महासंघको नेतृत्वको पनि विधान संशोधन गर्नु पर्ने पहिलो पथमिकता राखेको थियो । त्यही अनुसार समतिीले महासंघलाई बलियो र दरिलो रुपमा अगाडि बढ्नको लागि सहयोग पुग्ने छ । अहिले बनेको बिधानले अब प्रत्यक्ष निर्वाचनबाट नै अध्यक्ष छान्ने प्रावाधान गरिएको छ । तर, यो विधानले अहिलेका वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्षमा निर्वाचित गरेकाले वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाललाई महासंघको स्वतः अध्यक्ष बन्न भने रोक्ने छैन । ढकालपछि महासंघको अध्यक्ष हुने व्यक्ति भने प्रत्येक्ष निर्वाचन लड्नु पर्छ ।’

त्यस्तै, समितीका सहसंयोजक पशुपति मुरारकाले नयाँ विधानमा कोषाध्यक्ष पद खारेज गर्न प्रस्ताव गरिएको बताउनु भयो । उनले कोषाध्यक्ष पद खारेज गरेर एक जना उपाध्यक्षले कोषाध्यक्षको जिम्मेवारी निर्वाह गर्ने गरी नयाँ व्यवस्था गरिएको बताए । मुरारकाले मस्यौदामा वरिष्ठ उपाध्यक्ष पद र कोषाध्यक्ष पद खारेज गर्न बताए ।

सहसंयोजक मुरारकाले कार्यसमिति सदस्यहरुबाट एक जना महिला उपाध्यक्ष चुनिने व्यवस्था विधान मस्यौदामा गरिएको पनि बताए । उनले महासंघका सबै विधाको कार्यसमितिमा महिला सदस्य अनिवार्य गर्नु पर्ने सुझाव समितीको रहेको बताए । मुरारकारले नयाँ विधानमा कार्यसमितिको कार्यकाल छोट्याइएर ३ वर्षबाट अवदेखि २ वर्षको मात्रै हुने र अध्यक्ष पदमा एक पटक मात्रै कायम हुने व्यवस्था गरिएको बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्