आज शुक्रबारबाट पाँचौ चरणका खेलसुरु हुँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । सहिद स्मारक ए डिभिजन लिगमा आज शुक्रबारबाट पाँचौ चरणका खेल आरम्भ हुँदै छ । तीन चरणको खेल तालिका सार्वजनिक हुँदा मनाङका तीन खेल पोखरामा हुँदैछ । लिगअन्तर्गत अबका तीन चरण निकै रोचक हुने अनुमान गरिएको छ । सातौं चरणको समाप्तीमा एएफसी क्लब लाइसेन्स प्राप्त ४ टोलीमध्ये शीर्षस्थानमा रहने टोलीले एएफसी कपको छनोट चरण खेल्ने टुंगो लाग्नेछ ।

शुक्रबारबाट सहिद स्मारक ए डिभिजन लिगमा पाँचौ चरणका खेल आरम्भ हुँदा दिनको पहिलो खेलमा सातदोबाटो युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मीसँग प्रतिस्पर्धा गर्दै छ । अन्डरडगको रुपमा हेरिएको सातदोबाटो क्लब विभागीय बलियो टोलीलाई रोक्दै अंकका लागि खेल्दा आर्मीले एएफसी कपको छनोट चरण खेल्ने लक्ष्य लिएर स्पष्ट तीन अंकका लागि खेल्दै छ । सातदोबाटो युथ क्लबका सहायक प्रशिक्षक सुरज महर्जजनले आर्मीलाई रोक्दै तीन अंकका लागि खेल्ने बताए । यस्तै अन्य टोलीका प्रशिक्षकले पनि तीन अंकका लागि पाँचौ चरणका खेलमा प्रतिस्पर्धा गर्ने बताए ।

लिग अन्र्तगत दिनको दोस्रो खेलमा संकटा र मच्छिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा चौथो चरणका खेल सकिँदा तेस्रो चरणमा अंक जोड्न असफल भएका टोलीले खाता खोलेका छन् । एन्फाले नवौं चरणको खेल तालिका सोमबार सार्वजनिक गरेको थियो । त्यसमध्ये मनाङले खेल्ने ३ खेल पोखरामा हुनेछन भने बाँकी सबै खेल दशरथ रंगशालामा हुँदैछ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्