बाथरूममा बेहोस भएकी महिलाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । सिटिजन्स बैंकको जुम्लास्थित शाखाको बाथरूममा बेहोस भएकी नर्सको मृत्यु भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठको सोहि अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

बिहिबार दिउँसो बैंकको बाथरूममा वेहोस भएको अवस्थामा श्रेष्ठ भेटिएपछि कर्णाली प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो ।
उनलाई आइसियुमा राखेर उपचार गरिएको भएपनि बचाउन नसकिएको चिकित्सकहरु बताउँछन् । २४ घण्टासम्म आइसियुमा राख्दा पनि होसमा आउन नसकेपछि चिकित्सकको टोलीले शुक्रबार साँझ मृत घोषणा गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान अघि बढाउने बताए । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका उपकुलपति डा मंगल रावलले कर्णाली अस्पतालले एक जना होनाहार स्वास्थ्यकर्मी गुमाएको भन्दै दुःख व्यक्त गरेका छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्