नागरिक लगानी कोषका सहभागी र कर्मचारीलाई उपचार सेवामा विशेष छुट

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नागरिक लगानी कोष र अन्नपुर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलिड साइन्सबीच कोषका सहभागीहरुलाई छुट दिने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र अन्नपुर्ण न्युरो अस्पतालका डेपुटी मेडिकल डाइरेक्टर डा. शरदहरी गजुरेलले हस्ताक्षर गरेका हुन् । सो अवसरमा कोषका नायव कार्यकारी निर्देशक डा।इन्द्रकुमार कट्टेल र अस्पतालका अपरेशन मेनेजर रोजिन बज्राचार्यको उपस्थिती रहेको थियो । सम्झौतापश्चात कोषका सहभागी र कर्मचारीहरुले न्युरो अस्पतालबाट उपचार सेवा लिदा छुट पाउनेछन् ।

न्युरो अस्पतालले हेल्थ प्याकेजमा १५, ल्यावमा १०, रेडीयोलोजीमा १०,एम्वुलेन्स सेवामा १०, बेड शुल्कमा १० र सर्जरीमा १० प्रतिशत छुट दिनेछ । नशा रोग सम्बन्धमा अस्पतालको आफ्नो छुट्टै पहिचान रहेकोले कोषका सहभागी करिव ७ लाख र कोषका कर्मचारीहरु यसबाट लाभान्वित हुने अपेक्षा गरिएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्