काठमाडौंको भृकुटिमण्डपस्थीत निम्न बजारलाई व्यवस्थीत गर्ने रेग्मीको प्रतिवद्धता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले काठमाडौंको भृकुटिमण्डपस्थीत निम्न बजारलाई व्यवस्थीत गर्ने प्रतिवद्धता जनाएका छन् ।

काठमाडौ निम्न व्यापारी संघको २७ औं वार्षिक साधारण सभा उद्घाटन गर्दै मन्त्री रेग्मीले २७ बर्षसम्म पनि निम्न व्यापारिहरुले निकै कष्टका साथ व्यापार गर्नुपरेको भन्दै त्यसलाई व्यवस्थीत गर्ने प्रतिवद्धता जनाएका हुन् । समाज कल्याण परिषद अन्तर्गत रहेको बजारभित्रका व्यापारिहरुको सम्झौता सकिन लागेको अवस्थामा बिचौलियासंग नभई सम्बन्धीत व्यापारिहरुसंगनै सम्झौता गर्न मन्त्री रेग्मीले परिषद्लाई निर्देशन दिए ।

मन्त्री रेग्मीले व्यापारिको प्रत्यक्ष सम्झौता परिषद्संग हुनुपर्ने धारणा राखे । त्यस्तै उनले बजारभित्रको भाडालाई व्यवस्थीत गर्दै साना व्यवसायीमैत्री बनाउने जिकिर गरे । कार्यक्रममा व्यवसायीहरुले बजारलाई व्यवस्थीत बनाउन परिषद्ले कुनै चासो नदेखाएको गुनासो गरेको थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्