ललितपुरमा बन्दै गरेको संघीय मन्त्रीनिवासको काम ६६ प्रतिशत सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुरको भैंसेपाटीमा बन्दै गरेको संघीय मन्त्रीहरुको लागि बनाइएको निवासको काम ६६ प्रतिशत सम्पन्न भएको छ ।

मंगलबार राष्ट्रिय सभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिले गरेको अनुगमनका क्रममा समितिलाई कार्यप्रगति बारे जानकारी दिँदै आयोजना निर्देशक दिलिप श्रेष्ठले संघीय मन्त्री निवास निर्माणको काम ६६ प्रतिशत भएको बताए । निर्देशक श्रेष्ठले निवास निर्माण गर्दै गर्दा स्थानीयहरुको अवरोध तथा कोरोना महामारीको कारण निर्माण कार्यमा ढिलाई भइरहेको बताए । उनले अवरोध हटाउनको लागि सरकारी तहबाट काम भइरहेको भन्दै चाडै स्थानीयको समस्या समाधान गरेर एउटा निर्णय गर्ने बताए ।

निर्देशक श्रेष्ठले मन्त्री निवासको भवनहरु तयार भइसकेको तर, भवनको भित्रि सजावटको काम मात्रै बाँकी हरेको बताए । उनले सजावटको लागि टेण्डर निकाल्न बाँकी रहेकाले एक महिनामा टेण्डर निकालेर ६ महिना भित्र सजावटको बाँकी काम सक्ने योजना रहेको बताए । चालु आर्थिक वर्षको असार मसान्तसम्ममा संघिय मन्त्री र प्रदेश प्रमुख तथा मुख्यमन्त्री आवास तयार गरी सक्ने बताए ।

अनुगमन पछि समितिमा बोल्दै राष्ट्रिय सभाका सांसद् बामदेश गौतमले संघिय मन्त्री ,राष्ट्रिय सभाअध्यक्ष, उपाध्यक्ष तथा प्रतिनिधि सभा उप–सभामुख निवास उपयुक्त स्थानमा नभएको बताए । सांसद् गौतमले विश्वका कुनै पनि देशमा मन्त्रालय,संसद भवन भन्दा लामो दुरीमा मन्त्री निवास नहुने बताए । उनले अहिले बन्दै गरेको मन्त्री निवासबाट मन्त्रालयमा जानको लागि कम्तिमा पनि आधा घण्टा लाग्ने बताउनु भयो । गौतमले मन्त्रालयबाट बस्ने निवास धेरै टाढा भएको बताउनुभयो । उले सरकारले निवास बनाउने निर्णय गर्दा यस्ता कुरामा ध्यान नदिनएको पाइएको बताउनु भयो । गौतमले पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निवास निर्माण क्षेत्रका जनतासँग सल्लाह नै नगरी काम अगाडी बढाएको बताए । सांसदगौतमले भन्नु भयो,‘पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले निवास बनाउनु भन्दा अगाडी जनतासँग कुनै सल्लाह गर्नु भएन । जनतासँग सल्लाह गरेको भए अहिले समस्या आउने थिएन । यस क्षेत्रमा प्रस्शत सरकारकै जमिन हुँदा जनताको जमिन हड्प्नु हुने थिइन । यो काम गलत भयो । त्यस्तै, सरकारले निवास बनाउने निर्णय गर्दा मन्त्रालय,संसद भवन भन्दा लामो दुरीमा पर्छ भन्ने कुराको मूल्याङकन नगरिएको बताउनुभयो । निवासबाट मन्त्रालय जानको लागि मात्रै पनि आधा घण्टा लाग्छ ।’

त्यस्तै,दिनानाथ शर्माले निवास निर्माणमा भएको अवरोध हटाउनको लागि ललितपुर महानगरपालिकाका मेयर तथा जनप्रतिनिधिहरुसँग बसेर यहाँको समस्या र समाधानको विषयमा छलफल गर्नु पर्ने बताउनुभयो । शर्माले संघिय मन्त्री निवास सांसदहरुको लागि निवास बनाउनको लागि छुट्याएको जमिन भएको बताए ।

सरकारले ललितपुरको भैंसेपाटीमा मन्त्री आवास निर्माणको लागि २०७६ कार्तिक २७ गते स्रिको हनुमान जेभीसँग सम्झौता गरेको थियो । उक्त सम्झौतामा आयोजनाको निर्माण अवधि २ वर्षको अवधि तोकेको थियो । सम्झौता २ वर्ष तोकिए पनि कोरोनाका कारण ६ महिना म्याद थप भएको छ । सरकारको सम्झौता भए बमोजिम उक्त आयोजनाको कार्य गत कार्तिकमै सम्पन्न गर्नुपर्ने हो । तर, कोरोनाले निकै असर परेकाले सरकारले ६ महिना म्याद थपेको समय अनुसार निर्माणको कम्पनी श्रीको हनुमान जेभीले आगामी वैशाखसम्ममा कार्य सम्पन्न गर्नुपर्ने छ । तर, आयोजना निर्देशकले असार मसान्तसम्म सक्ने लक्ष्य रहेको बताए । मन्त्री निवास निर्माणको लागि निर्माण कम्पनि श्रीको हनुमान जेभीसँग २ वर्षअघि ९६ रोपनी १० आना जग्गामा काम गर्न १ अर्ब ३ करोड ४६ लाख रुपैयाँमा सम्झौता भएको थियो । सरकारले सो क्षेत्रमा २४ वटा संघीय मन्त्री निवास, राष्ट्रिय सभाको अध्यक्षको निवास, राष्ट्रिय सभाको उपाध्यक्षको निवास र उपसभामुखको निवास गरी २७ वटा ब्लक निर्माण गरिने भएको छ ।

दुई चरणमा निर्माण हुने आवासको पहिलो चरणमा २७ वटा भवन, कम्पाउण्ड, सडक, ढल र भौतिक पूर्वाधार निर्माण गरिरहेका छन् भने दोस्रो चरणमा हरियाली, सुरक्षा, कम्युनिटी हल समेत बन्ने छ । त्यस्तै,समितिले मंगलबार नै सिहदरबार भित्र बन्दै गरेको संघिय संसद भवनको पनि अवलोकन तथा निरीक्षण गरेको छ । सिंहदरबार भित्र रहेको सेनाको ब्यारेकलाई हटाइ सरकारले १ सय ७३ रोपनी ८ आना जग्गामा संघीय संसद भवनको निर्माण गरिरहेको छ । संघीय संसद भवनको निर्माणका लागि शेक जेभीसँग २०७६ असोज १६ गते निर्माण सम्झौता गरेको थियो । भौतिक प्रगति सुस्त गुनासो आए पछि समितिले चासो देखाएर निर्माण अनुगमन गर्न गएको हो । संघीय संसद भवनको निर्माण अहिले सम्म ४० प्रतिशत भन्दा कम नै रहेको छ । ३ वर्ष भित्र निर्माण सम्पन्न गर्नुपर्ने संघीय संसद भवनको निर्माणको कूल लागत ५ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ रहेको छ । सरकारले हाल बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसदको दुवै सदन संचालन गर्दै आएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्