प्रधानमन्त्री देउवालाई रक्षा मन्त्रालयको कार्यभार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हालेका छन् ।

राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड क बमोजिम रक्षामन्त्री डा. मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएपछि सो मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवालाई सम्हाल्ने गरी तोकेको हुन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउँदै राष्ट्रपति भण्डारीले रक्षा मन्त्रालयको कार्यभार पनि सम्हाल्ने जिम्मेवारी प्रधानमन्त्री देउवालाई तोक्नु भएको बताए ।

काँग्रेस नेता समेत रहनु भएका रक्षामन्त्री रिजालले पार्टीको महाधिवेशनमा महामन्त्री पदमा हार व्यहोरेपछि गत पुस २ गते शुक्रबार मन्त्री पदबाट राजीनामा दिएका थिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्