एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको सांसद सुवालको टिप्पणी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले अमेरिकी सहायता परियोजना एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको टिप्पणी गरेका छन् ।

एमाले अवरोधका बीच बुधबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले एमसीसीलाई समर्थन गर्नेहरु देशघाती र देशद्रोही भएको बताएका हुन् । उनले नेपाल र अमेरिकाबीचको एमसीसी सम्झौंतामा भारतको गोरखपुरसम्म विद्युत प्रशारण लाईन तान्ने कुरा कहाँबाट आयो ? भन्दै सरकारसँग प्रश्न समेत गरे । उनले नेपालको विद्युत नेपाललाई आवश्यक रहेको र त्यसले नेपालमा विद्युतबाट चल्ने रेल र विद्युतीय सवारी साधन संचालन गर्न सरकारसँग माग पनि गर्नु भयो ।

सांसद सुवालले एमसीसीको विषयमा सरकार र सदनले विशेष ध्यान दिनुपर्ने आवश्यक्ता समेत औंल्याए । उनले एमालेले अवरोध गरिरहेका बेला संसद बैठक सूचारु गराउन नहुने अडान पनि दोहोयाए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्