मकवानपुरमा ई– पासपोर्टको दर्ता सुरु

Ad
  • कालोपाटी सम्बाददाता

मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले ई– पासपोर्टका लागि आजबाट प्रत्यक्ष दर्ता सुरु गरेको छ । ई–पासपोर्टका लागि सेवाग्राही आफैले पनि अनलाइन दर्ता गर्न सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

काठमाडौँ बाहिर पहिलो पटक मकवानपुरमा यो सेवा सुरु भएको हो । यसका लागि आवश्यक उपकरण र पूर्वाधारको व्यवस्थापन गरिएको बताइएको छ । सुरुमा दैनिक १५ जनाले मात्रै दर्ता गर्न सकिने र कार्यालयको क्षमता अनुसार विस्तारै यो सेवालाई थप गर्दै जाने योजना रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार दर्ता भएको सातदेखि १५ दिनभित्र ई–पासपोर्ट उपलब्ध गराउने छन् । ई–पासपोर्टका लागि अनिवार्य रुपमा राष्ट्रिय परिचयपत्र फारम भरेर दर्ता गर्नुपर्ने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जानकारी दिनुभयो । यस कार्यबाट जिल्लाका बासिन्दा उत्साही भएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्