तरलतामा सुधारको संकेत, कर्जाको तुलनामा ४ गुणा बढी निक्षेप संकलन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय प्रणालीमा भएको तरलता अभाव उच्च आयातको कारणले भएको बताउनु भएको छ ।

राष्ट्र बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम बोल्दै गभर्नर अधिकारीले तरलता अभाव हुनुको प्रमुख कारण उच्च आयात भएको बताएका छन् । गभर्नर अधिकारीले आयातका लागि ठूलो रकम बृद्धि भएर फाइनान्स गर्नु पर्दा त्यही मात्रामा रकम निक्षेप संकलन नहुँदा बजारमा तरलता अभाव भएको बताए । आयात बढे अनुसार आयातलाई गएको रकमलाई परिपुरण गर्ने अन्य सा्रेतहरु नहुँदा तरलताको समस्या सृजना भएको गभर्नर अधिकारीले बताए । गभर्नर अधिकारीले चार महिनाको अवधिमा मात्रै ४ खर्ब कर्जा बढेको र निक्षेप १ खर्ब मात्रै बढेको भएको बताए । उनले राष्ट्र बैंकले तरलता समस्या दिर्घकालिन रुपमा समाधान गर्नको लागि परेको बताए । राष्ट्र बैंकले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरणहरु प्रयोग गरिहेको गभर्नर अधिकारीले उल्लेख गरे । उनले आयात कम गर्नको लागि राष्ट्र बैंक र मन्त्रालयलेको सल्लाह अनुसार आयातमा कडाइ गरिएको बताए । गभर्नर अधिकारीले पछिल्लो समय उच्च आयातकै कारण शोधान्तर घाटा बढ्दाँ वित्तीय प्रणालीमा तरलता अभावको समस्या देखिएको बताए । गभर्नर अधिकारीले राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा नकारात्मक असर पार्ने अवस्था सिर्जना भए फिर्ता लिन तयार रहेको पनि बताए । राष्ट्र बैंकले गरेको आयात सम्बन्धी व्यवस्थाले कडाई गरिएका वस्तुहरुको मूल्यबृद्धि हुने र रोजगारी गुम्ने भन्ने कुरामा आफू सहमत नरहेको गभर्नर अधिकारीको धारणा राखे । उनले कोरोना महामारीको अवस्था भन्दाको पहिलेका अवस्था सम्म पनि बैंकको ब्यादर कम रहेको बताए । उनले पुस लागेसँगै केही ब्याज बढेको बताए ।

अन्तक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानको लागि कर्जाको माग बढेको र सो अनुसार आयात भएको बताइएको छ । कोभिडपछि विदेशमा मूल्यबृद्धिदरमा ठूलो चाप परेपनि नेपाल मुल्य बृद्धिको ठूला मार नपारको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले कार्यक्रममा आयातलाई निरुत्साहन गर्न राष्ट्र बैंकले ल्याएको नीतिले सहयोग हुने अपेक्षा रहेको जानकारी दिएको छ ।

राष्ट्र बैंकका अनुसार ५ महिनामा १ खर्ब ५ अर्बले निक्षेप बढ्दा कर्जा ४ खर्ब ३५ अर्बले कर्जा बढेको छ । पुस लागेपछि भने कर्जाको तुलनामा निक्षेप बढेको जानकारी राष्ट्र बैंकले दिएको छ । पुस १ देखि ५ गतेसम्ममा १६.८ अर्ब निक्षेप बढ्दा कर्जा ४ अर्बले बढेको छ । त्यस्तै राष्ट्र बैंकले सेयर बजार प्रति सकारात्मक रहेको पनि बताएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्