राष्ट्रिय ख्रीष्टियन महासंघले गर्यो ख्रीष्टमस सन्दर्भमा मोटरसाइकल र्याली

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । ख्रीष्टमस २०७८ को सन्दर्भमा राष्ट्रिय ख्रीष्टियन महासंघले मोटरसाइकल र्याली गरेको छ ।

यस वर्षको ख्रीष्टमस डे पुष १० गते परेको छ । ख्रीष्टमसको पूर्वसन्ध्यामा बिहीवार राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालले काठमाडौंमा शुभकामना आदान–प्रदान मोटरसाइकल र्याली गरेको हो । र्याली बिजुलीबजार पुलबाट सुरु भई माइतिघर, थापाथली, त्रिपुरेश्वर, सुन्धारा, लाजिम्पाट, उत्तरढोका हुँदै कृष्ण पाउरोटी, पुतलीसडक र भृकुटीमण्डप सम्म गरिएको थियो । र्यालीमा विभिन्न मण्डलीहरु, ख्रीष्टियन संघसंस्थाहरु, राजनीतिक दलहरु र मानवअधिकारकर्मीहरुको सहभागिता रहेको महासंघले जनाएको छ ।

राष्ट्रिय ख्रीष्टियन महासंघका अध्यक्ष सिबी गहतराजले महासंघले निकालेको शान्ति र्यालीबाट देशमा शान्ति र सुशासन स्थापना होस् भन्ने भावना राखेको बताए । ख्रीष्टियनहरुले ख्रीष्टमस डेलाई प्रेम र मुक्ति दिवसको रुपमा मनाउँदै आएको पनि उनले बताए । महासंघ अध्यक्ष गहतराजले सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको शान्ति, सु–स्वास्थ्य र समृद्धिको लागि महासंघले कामना गरेको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्