नरहरिनाथका २३७ घरधुरीमा धारा जडान

Ad
  • कालोपाटी सम्बाददाता

कालिकोट । कालिकोटको नरहरिनाथ गाउँपालिका–९ लालुमा खानेपानी धारा जडान गरेर समुदायलाई हस्तान्तरण गरिएको छ ।

‘एक घर एक खानेपानी धारा’ कार्यक्रमअन्तर्गत २३७ घरधुरीमा खानेपानीका धारा जडान समुदायलाई हस्तान्तरण गरिएको हो । एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम वार्म पी हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको आर्थिक सहयोगमा नरहरिनाथ गाउँपालिकाको साझेदारीमा र हुरेन्डेक नेपाल कालिकोटको सामाजिक तथा प्राविधिक सहयोगमा ती धारा निर्माण भएका छन् ।

नरहरिनाथ गाउँपालिका–९ को लालुमा तल्लो रानीरहडा खानेपानी तथा सरसफाइ आयोजनामार्फत  २३७  घरधुरीमा खानेपानीका धारा जडान गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । “हेल्भेटास नेपालको आर्थिक सहयोग र स्थानीय साझेदार संस्था हुरेन्डेक नेपालको प्राविधिक सहयोगमा रु दुई करोड ५५ लाख १२ हजार ७९७ लागतमा खानेपानी आयोजना सम्पन्न भएको छ” उनले भने , “ हेल्भेटासको रु एक करोड, नरहरिनाथ गाउँपालिकाको रु एक करोड लगानी र बाँकी स्थानीयवासीको श्रमदानमा ती आयोजना सम्पन्न भएको हो ।”

यसभन्दा अगाडि नरहरिनाथ गाउँपालिका–९ लालुमा ३८२ घरधुरीमा खानेपानीको धारा निर्माण गरिएको थियो । त्यसै आयोजनामार्फत थप २३७ गरेर गाउँमा अहिलेसम्म ६१९ घरधुरीमा खानेपानीको पहुँच पुगेको गाउँपालिका अध्यक्ष विष्टले बताए । “अहिलेसम्म गाउँका ६१९ घरधुरीमा खानेपानीको समस्या समाधान भएको छ”, उनले भने ,“पुस्तौँदेखि खानेपानीको समस्या भोग्दै आएका स्थानीयवासीलाई अहिले सहज भएको छ ।” –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्