‘विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको छ’ : प्रधानमन्त्री देउवा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयन गर्नु आवश्यक रहेको बताए   ।

बिहीवार महान्यायाधिवक्ताको कार्यालयको ७१ औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले मुलुकमा विधिको शासन कायम गर्नका लागि विद्यमान कानूनहरुको प्रभावकारी कार्यान्वयनमा जोड दिए । उनले विधिको शासन र कानूनी राज्य लोकतन्त्रको आधारशिला भएको उल्लेख गरे । मुलुकको शासन प्रभावकारी र पूर्वाग्रहरहित ढंगले चलाउनु राज्यको महत्वपूर्ण जिम्मेवारी भएका बताए ।

उनले भने – ‘विधिको शासन, कानूनी राज्य लोकतन्त्रको आधारशिला हो । मुलुकको समृद्धि, विकास र मानव अधिकारको संरक्षण विधिको शासनमा निर्भर रहन्छ । तसर्थ विधिको शासन कायम गर्न विद्यमान कानूनहरुको प्रभावकारी रुपमा कार्यान्वयन गर्नु आवश्यक छ । मुलुकको शासन प्रभावकारी, पूर्वाग्रहरहित कार्यान्वयन राज्यको प्राथमिक, महत्वपूर्ण जिम्मेवारी अन्र्तगत पर्दछ । अपराध संहिता लगायतका नयाँ फौजदारी कानूनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षण गरी कानूनी शासनको सुनिश्चितता गराउने कार्यमा यो सिंगो संस्थाको र सरकारी वकिलहरुको महत्वपूर्ण भुमिका हुनेछ ।’

महान्यायाधिवक्ताको कार्यालयले स्थापना कालदेखि नै विधिको शासन प्रवद्र्धन गर्ने काममा भुमिका खेलिरहेको उनको भनाई छ । उनले कानूनको प्रभावकारी कार्यान्वयन र मानव अधिकारको संरक्षणमा महान्यायाधिवक्ताको कार्यालय र सरकारी वकिलहरुको भुमिकाको प्रशंसा समेत गरे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्