बलेवाका ७४ विद्यार्थीलाई छात्रवृत्ति

Ad
  • कालोपाटी सम्बाददाता

बागलुङ । बागलुङको बलेवा क्षेत्रका सबै विद्यालयका गरिब, जेहेन्दार र उत्कृष्ट ७४ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । धौलागिरि छात्रवृत्ति अक्षयकोष प्रतिष्ठान, बलेवाले विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको हो ।

बलेवाका माविबाट गत वर्षको एसइईमा उत्कृष्ट छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । पृथ्वी हीरण्य मावि अमलाचौरका १६, त्रिभुवन मावि पैयुपाटाका चार, जनमत मावि बास्कोट पैयुपाटाका चार, जनताधन मावि नारयणस्थानका चार र गणेश मावि नारायणस्थानका १२ छात्रछात्रालाई प्रतिविद्यार्थी रु एक हजार ५०० तथा सम्मानपत्र प्रदान गरिएको छ ।

अन्य कक्षामा अध्ययनरत छात्रछात्रालाई प्रतिविद्यार्थी रु एक हजार र सम्मानपत्र प्रदान गरिएको प्रतिष्ठानका संस्थापक तुलसीराम लामिछानेले जानकारी दिए । लक्ष्मी नारायण आधारभूत विद्यालय सरङ्गीका १९, जगन्नाथ प्राथमिक विद्यालय जगन्नाथचौरका पाँच र सरस्वती प्रावि टाकुरीका पाँच विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजको पहलमा बलेवामा स्थापना गरिएको प्रतिष्ठानले अक्षयकोष खडा गरेको छ । विभिन्न कामको सिलसिलामा देश–विदेशमा रहेका युवाले आफ्ना आफन्तको स्मृतिमा अक्षयकोष स्थापना गरेका हुन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्