प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण वितरण

Ad
  • कालोपाटी सम्बाददाता

इलाम । इलामको माइजोगमाई गाउँपालिका–६ स्थित प्याङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य उपकरण वितरण गरिएको छ । नेपाली कांग्रेस माइजोगमाई–६ ले प्याङ प्राथमिक स्वास्थ्य केन्द्रलाई उपकरण उपलब्ध गराएको हो ।

अक्सिजन कनसनट्रेटर दुई थान र पल्स अक्सिमिटर ६ थान वितरण गरिएको हो । उपकरण हस्तान्तरण गर्दै नेपाली कांग्रेसका नेता हुकुमलाल थेबेले आगामी दिनमा समेत सहयोग गर्दै जाने र सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धता जनाए । उनले अक्सिजन अभावका कारण अकालमा मृत्यु भइरहेका कारण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पहल गरी उपकरण ल्याएर वितरण गरिएको बताए ।

वडा नम्बर ६ का सचिव ध्रुव थेबेले प्राथमिक स्वास्थ्य केन्द्र ६ महिनादेखि चिकित्सकविहीन भएको र सेवाग्राहीले सास्ती भोग्नुपरेकाले त्यसका लागि पहल गरिरहेको बताए । प्राथमिक स्वास्थ केन्द्रमा दरबन्दीअनुसारको जनशक्ति नहुँदा सामान्य बिरामी पनि महँगो शुल्क तिरेर अन्यत्र उपचार गर्न जानुपर्ने बाध्यता छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्