माओवादीको आठौँ महाविधेशनको अध्यक्ष प्रचण्डद्वारा उद्घाटन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गरेका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा आज आयोजित उद्घाटन सत्रमा अध्यक्ष प्रचण्डले पानसमा बत्ती बालेर महाधिवेशनको उद्घाटन गरेका हुन् । उद्घाटन सत्रमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, नेकपाएमालेका महासचिव शङ्कर पोखरेललगायत विभिन्न राजनीतिक दलका नेताहरुकोसमेत उपस्थिति रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओत्से तुङको १२९औँ जन्मजयन्तीका अवसरमा महाधिवेशनको उद्घाटन गरिएको हो । अध्यक्ष प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीका नेता माओको तस्विरमा माल्यापर्ण गरे । यस्तै, उद्घाटन सत्रमा महिला समूहको पञ्चेबाजा लगायतको प्रस्तुति पनि समावेश गरिएको छ ।

प्रज्ञा भवनको हल खचाखच रहेको छ भने परिसरमा डिस्प्लेमार्फत प्रत्यक्षरुपमा हेर्ने व्यवस्था मिलाइएको छ । महाधिवेशनस्थलमा जनयुद्धको स्मरण गर्ने तस्विर लगायतका सामग्री प्रदर्शन गरिएको छ । यस्तै कलाकारले माओवादीको आठौँ महाविधेशनका सन्दर्भमा तयार पारिएको गीतसमेत प्रस्तुत गरेका छन् ।

नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माणका लागि नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन भन्ने मूल नारा तय गरेको छ । यसअघि राष्ट्रिय सम्मेलनको आयोजना गरेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा परिवर्तन गरेको हो । महाधिवेशनमा देशभरबाट एक हजार ६३१ जना प्रतिनिधिको सहभागिता छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्