‘मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलिय गठबन्धनलाई निरन्तरता दिनुपर्ने’ : उपाध्यक्ष पौडेल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकि उपाध्यक्ष दुर्गा पौडेलले मुलुकमा प्रतिगमनको खतरा कायम रहेकाले पाँच दलिय गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताएका छन् ।

आइतवार नेकपा(माओवादी केन्द्र)को आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले दुई पटक विघटन भएको प्रतिनिधि सभा अहिले पनि अवरुद्धको अवस्थामा रहेको भन्दै प्रतिगमनको खतरालाई सानो ठान्नु नहुने बताए । उनले विगतमा प्रतिगमनका विरुद्धमा लडेका राजनीतिक दलहरु एक हुनुपर्ने आजको राष्ट्रिय आवश्यकता भएको उल्लेख गरे । उनले प्रतिगमन विरोधी शक्तिहरु एकजुट भएर अगाडी जान नसकेमा देश फेरी प्रतिगमन तर्फ जाने र राजनीतिक दलहरुको भुल हुने बताए । प्राप्त भएको राजनीतिक उपलब्धीलाई संरक्षण गर्नु दायित्व भएको उनको भनाई छ ।

उहाँले राष्ट्रियताको सम्बन्धमा सबै राजनीतिक दलहरु एक भएर जानुपर्ने बताए । उपाध्यक्ष पौडेलले माओवादी केन्द्रले गठबन्धन कायम राख्ने सम्बन्धमा पनि महाधिवेशनबाट निर्णय लिनुपर्ने बताए । उनले महाधिवेशनले एमसीसीलाई खारेज गर्न महाधिवेशनले निर्णय लिने पनि विश्वास व्यक्त गरे ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्