‘माओवादीहरुको एकिकरणका लागि जनयुद्धपुर्वको केन्द्रीय समितिले अघि सारेको प्रतिवद्धता पुर्नस्थापना हुनुपर्ने’ : नेता गजुरेल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेलले पूर्व माओवादीहरुको एकिकरणका लागि जनयुद्धपुर्वको केन्द्रीय समितिले अघि सारेको प्रतिवद्धता पुर्नस्थापना हुनुपर्ने बताएका छन् ।

आइतवार नेकपा(माओवादी केन्द्र)को आठौं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै नेता गजुरेलले आफुहरुले पूर्व माओवादीहरुको एकतालाई सकारात्मक रुपमा लिएको भन्दै एकता गर्ने भए जनयुद्ध पुर्वको केन्द्रीय कमिटीले गरेका प्रतिवद्धताहरु पुरा हुनुपर्ने बताए । उनले जनयुद्धले लिएको लक्ष्य अधुरो र अपुरो रहेको भन्दै नेपाललाई जनगणतन्त्र बनाउनका लागि कार्यक्रम पारित गरे एकता हुनसक्ने बताए । त्यसैगरी एमसीसी खारेज गराउन महाधिवेशनले जोड गर्नुपर्ने सर्त पनि उनले अघि सारे ।

नेता गजुरेलले मिचिएका नेपाली भुमि फिर्ता लिन माओवादी केन्द्रले प्रतिवद्धता गर्नुपर्ने पनि बताए । माओवादीले कालापानि, लिपुलेक र लिम्पियाधुरा लगायतका भुमि फिर्ता लिने प्रतिवद्धता गर्न सके पूर्व माओवादीहरुविचको एकताको ढोका खुल्ने उनको भनाई छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्