सरकारी नम्बर प्लेटका सबै गाडी गुडाउन स्थानीयले लगाए रोक

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखाको चरिकोट मुडे सडकमा स्थानीयले सडक विभागअन्तर्गतका सबै इकाइका गाडी गुडाउन रोक लगाएका छन् । सो सडक खण्डमा आज मंगलबारदेखि सरकारी नम्बर प्लेटका सबै गाडीलाई रोक लगाउने भनिएको छ । निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै स्थानीयले गत हप्ता संघर्ष समिति गठन गरेर आन्दोलन थालेका छन् ।

काठमाडौंस्थित सडक विभागकै कार्यालयमा आएर प्रदर्शन गर्दा धरपकड भएपछि समितिले थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ६ वर्षदेखि अलपत्र सडक कहिले बनिसक्छ भन्ने अनिश्चित भएपछि जनताले आन्न्दोलनको बाटो रोजेका हुन् । विभाग भने चैतसम्ममा काम सकिने दावी गरेर बसेको छ ।

चरिकोट मुडे सडक आयोजनाले ठेक्का तोड्न प्रक्रिया अघि बढाएपछि ठेकदार कम्पनी शंकरमाली सुनौलो खिम्ती जेभी र भारतीय निर्माण कम्पनी सकिल हैदर काममा फर्किएको छ । तर, कामको गति उस्तै रहेपछि स्थानीयबासी सरकार र ठेकदारविरुद्ध उत्रिएका छन् । सरकार र ठेकदारको मिलेमतोमा लामो समय काम नभएको स्थानीयको भनाई छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्