नेप्से परिसूचक ५.५१ अंकले वृद्धि

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । दुई दिन लगातार तल झरेको शेयर बजार मापक नेप्से परिसुचक बुधबार झिनो अंकले वृद्धि भएको छ ।

बुधबार नेप्से परिसूचक र कारोबार रकम समेत मंगलबारको तुलनामा सामान्य सुधार भएको छ । आज नेप्से परिसूचक ५.५१ अंक बढेर २ हजार ५२४.५० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै आज ठूला कम्पनीको मापक सेन्सेटिभ इण्डेक्स ०.२६ अंक, फ्लोट इण्डेक्स ०.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स पनि ०.०१ अंक बढेको छ ।

आज कारोबारमा आएका २२८ कम्पनीको ५६ लाख ३८ हजार कित्ता शेयर ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलबार ३ अर्ब १२ करोडको शेयर खरिदबिक्री भएको थियो ।

नेप्से परिसूचकका १३ उपसमूहमध्ये ८ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ५ उपसमूहको परिसूचक घटेको छ । जसमा निर्जीवन बीमा उपसमूहको परिसूचक सबै भन्दा धेरै २.२१ प्रतिशत बढेको छ । त्यस्तै, अन्य उपसमूहको परिसूचक ०.९९ प्रतिशत, उत्पादन तथा प्रशोधनको ०.८४ प्रतिशत, होटल तथा प्रशोधनको ०.५७ प्रतिशत, लघुवित्तको ०.२४ प्रतिशत, म्युचुअल फण्डको ०.१३ प्रतिशत, जलविद्युतको ०.०९ प्रतिशत र बैंकिङ्ग उपसमूहको ०.०४ प्रतिशत बढेको छ । तर, विकास बैंक ०.७ प्रतिशत, व्यापार र जीवन बीमाको ०.५ प्रतिशत घटेको छ।

आज कारोबार रकमका आधारमा सबै भन्दा धेरै हिमालयन डिष्टिलरीको ५२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । दोस्रो नबिल बैंकको ४७ करोड ७१ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्