केकको संस्कृति झल्काउन लबिम मलमा बेक फेष्ट सुरु

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । केकको संस्कृति झल्काउन भन्दै ललितपुरस्थित लबिम मलमा बेक फेष्ट सुरु भएको छ ।

विभिन्न १५ वटाभन्दा बढी बेकरी शपहरुले संयुक्त रुपमा लबिम मलमा बुधवारदेखि बेक फेष्ट काठमाडौं सुरु गरेका हुन् । केक र बेकरीको संस्कृति झल्काउनको लागि सो इभेन्टको आयोजना गरिएको आयोजक दिपा भुसालले बताए । शहरीया जीवन शैलीमा अभिन्न रुपमा रहेको केक संस्कृती बिस्तारै गाँउ पसिरहेको छ । हरेक उत्शवमा अनिवार्य बन्दै गएको केकको मेला नेपालमा भने पहिलो पटक आयोजना गरिएको हो । आजबाट सुरु फेष्टिभलमा केक र बेकरीको नयाँ नयाँ प्रोडक्ट समावेश रहेको आयोजक भुषालले जानकारी दिए ।

उनले भने ‘केकको कल्चर, बेकरीको कल्चर कस्तो छ अहिले नेपालमा सबै बेकरीको आफ्नै प्रकारको शैली छ । सबै बेकरीमा के फरक छ र हरेक बेकरीबाट मानिसहरुले के–के बुझ्नुपर्छ भन्ने झल्काउन खोजेको हो ।’ बुधवारदेखि सुरु भएको इभेन्ट तीन दिनसम्म सञ्चालन हुने भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्