रातको समयमा अवैध काठ बरामद

Ad
  • कालोपाटी सम्बाददाता

वीरगञ्ज ।  वीरगञ्ज पर्सा जिल्लाका विभिन्न स्थानबाट पछिल्लो दुई दिनयता रातका समयमा अवैधरूपमा चोरी निकासी गरिएको काठ बरामद हुने क्रम जारी छ । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीले राष्ट्रिय वनबाट अवैधरूपमा चोरी गरी घरमा राखिएको ६४।११ क्युफिट सालको काठ बरामद भएको छ भने सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया बरामद गरेको हो ।

प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको गस्ती टोलीले वीरगञ्ज माानगरपालिकाको वडा नं ३२ टोल रामवन बस्ने आइते विक, नरबहादुर विक, अर्जुन खत्री, टीका पौडेल, गोपाल पौडेलको घरमा छापमारी गरी ती काठ बरामद गरेको हो । सालको गोलाइ, चिरपट, चौकट, चिरान गर्ने दुईवटा मोटर मेसिन, साइकल, फर्निचर बनाउने सामानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ ।

सबडिभिजन वन कार्यालय सबैयाको टोलीले नौ थान सालको गोलिया बरामद गरेको हो । नौ साइकलमा लोड गरेर लैजाँदै गरेको अवस्थामा प्रहरी चौकी मिलनचोक अगाडिबाट सालको गोलिया बरामद गरेको सबडिभिजन वन कार्यालय पर्साका वन अधिकृत फरमान मियाँले जानकारी दिए । गोलिया ओसारपसार गर्ने क्रममा प्रहरीलाई देखेपछि साइकल र काठ छाडेर तस्कर फरार भएको उनको भनाइ छ । ‘काठ कसले कहाँबाट ल्याएको हो’ भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ । ती काठ र मेसिनलाई आवश्यक कारवाहीका लागि सबडिभिजन वन कार्यालय मधुवन मथवल बढनीहारमा राखिएको छ भने फरार व्यक्तिलाई पक्राउ गरी आवश्यक कारबाही गरिने प्रहरीले जनाएको छ ।

भन्सार छली नेपाल भित्र्याएको माछा लोड गरिएको एउटा पिकअप गाडीलाई बारा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार फेटा गाउँपालिका–१ बाट प्रहरी गस्ती टोलीले उक्त सामानसहितको गाडी नियन्त्रणमा लिएको थियो । माछा तथा माछा ओसार्न प्रयोग गरेको गाडीसहित भन्सार मूल्य रु सात लाख बराबरको मूल्याकङ्न गरी बा४च ६०९१ नंको पिकअप गाडीसमेतलाई आवश्यक कारबाहीका लागि मूल भन्सार कार्यालय वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजले आयोजनामा नेशनल इन्फोटके अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगिता २०७८ सुरु भएको छ । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२२ का अवसरमा वीरगञ्जको नारायणी रङ्गशालामा प्रतियोगिताको सुरु भएको हो । क्यान पर्साको समन्वय, कृष्ण फाउण्डेशन, स्पर्श मल्टिस्पेसियालिटी हस्पिटल, वीरगञ्ज महानगरपालिका, यात्रा डेली गायतका सहयोगमा आयोजित प्रतियोगितामा यस क्षेत्रका १० कलेज सहभागी छन् ।

विद्यार्थीलाई अध्ययनसँगै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राख्दै आइरहेको नेशनल इन्फोटेक कलेजले स्वस्थ रहनका लागि खेलकुद आवश्यक रहेको हुँदा क्रिकेट प्रतियोगिताको आयोजना गरेको आयोजक नेशनल इन्फोटेक कलेजले जनाएको छ । प्रतियोगितामा आयोजक नेशनल इन्फोटेक, वीरगञ्ज पब्लिक, ग्लोबल बिजनेस , इम्पेरियल, सत्यम पब्लिक , नेशनल ,वीरगञ्ज कलेज, नेशनल, ज्ञादा एकेडेमी र त्रिजुद्ध विद्यालयको सहभागिता छ । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्