चैत्र-बैशाख भित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने यादवको प्रतिवद्धता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवले आगामी चैत्र-बैशाख भित्र किसानका लागि आवश्यक मलको व्यवस्था मिलाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मन्त्री यादवले अन्तराष्ट्रिय बजारमै अभाव भएकाले नेपालमा पनि हाललाई मलको आवश्यक व्यवस्था मिलाउन नसकिएको स्पष्टिकरण पनि दिए । आईतबार सिंहदरवारमा प्रेस बिफ्रिङ गर्दै उनले मलको अभाव हुन नदिन सरकारले नेपालमै मल कारखाना स्थापना गर्ने प्रयास गरिरहेको बताए । त्यसका लागि उपयुक्त कम्पनीहरुको खोजी गर्ने काम लगानी बोर्डले गरिरहेको मन्त्री यादवको भनाई थियो ।

मन्त्री यादवले किसानको माग अनुसार मल आपूर्तिका लागि ऐन, कानुन संशोधन गरेर अघि बढने जानकारी दिए । मन्त्री यादवले उखु किसानहरुले ४५ दिन भित्रै भुक्तानी पाउने व्यवस्था सरकारले गरेको पनि बताए । अनलाईन प्रणालीबाट उखु किसानले मिललाई उखु दिएको ४५ दिन भित्र अनलाईन पेमेन्ट गर्ने आवश्यक व्यवस्था सरकारले मिलाएको उनको दावी थियो ।

किसानहरुलाई मलको व्यवस्था पनि अनलाईन प्रणालीबाटै हुने व्यवस्था गरिएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्री यादवले किसानलाई बीउविजनको अभाव हुन नदिन पनि सरकार सचेत रहेको बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्