‘एमालेका अध्यक्ष ओलीले पनि दम्भ र निरंकुशताको प्रवृत्ति देखाएका छन्’ : अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

सुनसरी । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मूर्तिलाई नढोग्नेहरुले ‘आई लभ यू केपी बा’ भनिरहेको बताएका छन् ।

आईतबार सुनसरीको इटहरीमा आयोजित अनेरास्ववियू प्रदेश १ को अधिवेशन उद्घाटन गर्दै अध्यक्ष नेपालले मूर्तिलाई नढोग्नेहरुले आई लभ यू केपी बा भनिरहेको बताए । उनले व्यक्तिको देवत्वकरण भइसकेपछि त्यो व्यक्तिले आफूलाई देवता ठान्ने भन्दै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि दम्भ र निरंकुशताको प्रवृत्ति देखाएको बताए । अध्यक्ष नेपालले १५ वर्षसम्म आफ्नो मातहतमा रहेकाले नै आफ्नो निवेदन र आग्रह नसुनेको गुनासो गरे ।

अध्यक्ष नेपालले स्वतन्त्र चिन्तनहरु, आफ्नो विचार, धारणा राख्न चाहनेहरु, पार्टीको भलाइ सोच्नेहरु, समाजको परिवर्तनमा जुट्नेहरु, नेपाल राष्ट्रको गरिमालाई माथि उठाउन चाहने व्यक्तिहरुको कुरा नसुन्दा एमालेमा अहिलेको अवस्था आएको बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्