काँग्रेसले टुंगो लगायो राष्ट्रियसभाको उम्मेदवार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनमा पार्टीको तर्फबाट दिने उम्मेदवारको टुंगो लगाएको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको नेपाली काँग्रेस केन्द्रिय कार्य समितिको बैठकले पार्टीको तर्फबाट राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश १ बाट गोपाल बस्नेत, बागमती प्रदेशबाट कृष्णप्रसाद पौडेल, गण्डकी प्रदेशबाट कमला पन्त, लुम्बिनी प्रदेशबाट युवराज शर्मा, कर्णाली प्रदेशबाट दुर्गा कुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशबाट नारायणदत्त मिश्रलाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने सर्वसम्मत निर्णय गरिएको पार्टीका उपसभापति धनराज गुरुङले जानकारी दिए ।

सत्तारुढ दलहरुको गठबन्धनका उम्मेदवारलाई ध्यानमा राखेर योग्यता र क्षमताको आधारमा राष्ट्रियसभाको ६ सिटका लागि पार्टीले उम्मेदवार चयन गरेको केन्द्रिय सदस्य गोविन्द भट्टराईले बताए । सत्तारुढ पाँच दलीय गठबन्धनले नेपाली काँग्रेसलाई राष्ट्रिय सभा निर्वाचनमा ६ वटा सिट दिएको थियो । राष्ट्रियसभाको निर्वाचन आगामी माग १२ गते हुँदैछ । भोली (मंगलबार) सो निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउने कार्यक्रम तय गरिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्