अवैधरूपले उत्पादन गरिएका एकसय ७० लिटर घरेलु मदिरा नष्ट

Ad
  • कालोपाटी सम्बाददाता

डोटी । जिल्ला प्रहरी कार्यालयले यहाँका विभिन्न ठाउँमा अवैधरूपले उत्पादन गरिएका १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ । प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार बाजुरा जिल्लाको बूढीनन्दा नगरपालिका–९ पाण्डुसैन घर भई हाल दिपायल–सिलगढी नगरपालिका–७ स्थित सडकखण्डमा अस्थायी टहरा बनाई बस्ने मानबहादुर थापाबाट ६०, लक्ष्मी गुरुङबाट ४५, अनिता बोगटीबाट ३० र वडा नं ६ बस्ने लक्ष्मी भण्डारीबाट ३५ लिटर गरी जम्मा १७० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको हो ।

घरेलु मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कारलगायत जघन्य आपराधिक घटना वृद्धि भएको, शान्तिसुरक्षामा असर पारेको र एकापसमा द्वन्द्व तथा तनाव सिर्जना भइ समुदायमै नकारात्मक असर पार्ने भएकाले प्रहरीले यो अभियान चलाएको प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए । उनका अनुसार पछिल्लो केही हप्ता यतादेखि जिल्ला प्रहरी कार्यालयको निर्देशनमा मातहतका प्रहरी चौकीले पनि घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गर्दै आएका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्