लागु औषसहित १७ जनालाई पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । प्रहरीले ठूलो परिणाममा नियन्त्रित लागु औषसहित १७ जनालाई पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण व्युरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७ हजार एम्पुलसहित उनीहरुलाई पक्राउ गरेको जानकारी दिएको हो । पक्राउ पर्नेमा सिन्धुलीका संग्राम मुक्तान, पञ्च स्याङतान, मोरङका सुरज सिंह ठकुरी लगाएतका छन् । सिन्धुली कारागारमा रहेका गुड्डु गुप्ताले सोहि कारागारमा टेलिफोन नाइके रहेका सन्तोष स्याङतानलाई आर्थिक प्रलोभनमा पारि कारागारभित्रैबाट शंकास्पद फोन गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान गर्दा लागू औषध गिरोहलाई पक्राउ गरिएको व्युरोले जनाएको छ ।

उनले भारतबाट लागुऔषध मगाउने र उनीसँगै कारागारमा रहेका अर्का व्यक्तिमार्फत काठमाडौंमा ‘सप्लाई’ हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको व्युरोका प्रहरी वरिष्ठ उपरीक्षक ह्दय थापाले बताए । गुड्डु गुप्ताले बिक्रिबाट प्राप्त हुने पैसा निश्चित व्यक्ति तथा कारागारका कार्यालय सहयोगी रीता सारुमगर लगाएतको नाममा पनि पठाउने गरेको खुलेको उहाले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरुको सम्बन्धमा लागू औषध नियन्त्रण ऐन २०३३ अन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको व्युरोले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्