सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलका शीर्ष स्थानमा मनाङ मर्स्याङ्दी क्लब

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । मनाङ मर्स्याङ्दी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

पोखरा रंगशालामा शनिबार ब्रिगेड ब्वाइज क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ शीर्ष स्थानमा उक्लिएको हो । मनाङलाई जित दिलाउन कप्तान अन्जन विष्टले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए । शीर्ष स्थानमा उक्लिएको मनाङले ७ खेलमा १६ अंक जोडेको छ । ब्रिगेडले ७ खेलमा ५ अंक जोडेको छ ।

त्यस्तै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा थ्री स्टारले जवालाखेल युथ क्लबलाई २–१ गोल अन्तरले हराएको छ । थ्री स्टारलाई जित दिलाउन आयुष घलान र ऋतिक कुमार खड्काले एक एक गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेसले एक गोल फर्काए । जितसँगै थ्री स्टार लिगको पाँचौं स्थानमा उक्लिएको छ । थ्री स्टारले ७ खेलमा १० अंक जोडेको छ ।

त्यस्तै शनिबार नै भएको अर्को खेलमा संकटा क्लबले च्यासल युथ क्लबसँग बराबरी खेल्दै अंक बाडेको छ ।संकटाले च्यासलसँग गोलरहित बराबरी खेलेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले गोलको अवसर गुमाएका थिए । जसको कारण खेल गोलविहीन सकिएको हो । यस बराबरीसँगै संकटाले ७ खेलमा १३ अंक जोडेको छ । संकटा तेस्रो स्थानमा यथावत रहेको छ । च्यासल ५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्