काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला ९२ हजार ८०० सयमा कारोबार भईरहेको छापावाला सुन आज ५०० सय रुपियाँले घटेर प्रतितोला ९२ हजार ३०० मा कारोबार भईरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ८०० कायम भएको छ, जसको मूल्य हिजो प्रतितोला रु ९२ हजार ३०० तोकिएको थियो । यता चाँदीको मूल्य २५ रुपियाँले घटेर १ हजार २ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।