जिप दुर्घटनामा परि ६ घाइते

Ad
  • कालोपाटी सम्बाददाता

दाङ । दाङमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङको अनुसार पूर्व(पश्चिम राजमार्गमा पूर्वबाट लमहीतर्फ आउँदै गरेको स्कार्पियो बुधबार राति २ बजे अनियन्त्रित भइ लमही( ३ स्थित बगाइ खोलाको पुलमा ठोक्किंदा ६ जना घाइते भएका छन् ।

 

घाइते हुनेमा लमही नगरपालिका(२ बरुवा गाउँका २८ वर्षीय प्रदीप चौधरी, वडानम्बर ५ को कोलही बस्ने २५ वर्षीय विनोद चौधरी, रातो डाँडा निवासी १८ वर्षीया आकृति पाण्डे, सोही ठाउँ बस्ने वर्ष २० कि सिर्जना सुनार, लमही बजार निवासी ३७ वर्षीय भानुप्रसाद गुप्ता, वडानम्बर ६ देउपुर बस्ने वर्ष १८ कि बिनिता लुहार रहेका छन् ।

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्