सरकारी वकिल कार्यालयमा ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पुगेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरोले अध्ययन गरेको बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणको अध्ययन प्रतिवेदन बिहीवार ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको हो । ललिता निवासको सरकारी जग्गालाई किर्ते गरी बेचबिखनमा संलग्न रहेको आरोपमा ब्यूरोले ३ सय जना भन्दा बढीलाई प्रतिवादी बनाएर अनुसन्धान प्रतिवेदन तयार पारेको छ । जिल्ला सरकारी वकील कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलले प्रतिवेदन कार्यालयमा आइपुगेको बताउनुभयो । उहाँले सरकारी वकिल कार्यालयले प्रतिवेदन अध्ययन गर्न सरकारी वकिल तोक्ने र आवश्यक प्रक्रिया अगाडी बढाउने बताए ।

उनले प्रहरीले जति जनालाई प्रतिवादी बनाएको भएपनि सरकारी वकिल कार्यालयले अध्ययन गरिसकेपछि प्रतिवादी घटबढ् हुनसक्ने बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्